निषेधाज्ञाको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि
बिहीबार, १६ वैशाख २०७८, १० : ५६

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । सरकारले उपत्यकामा निषेधाज्ञा लगाएको पहिलो दिन सुनको मूल्य तोलामा रु ३०० ले बढेको हो । निषेधाज्ञाका बीच अहिले बिहेको सिजन रहेकाले यो बेला सुनको कारोबार बढी हुने गर्छ ।
बिहीबार तेजाबी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १३१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३०५ रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा