शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केही प्रेरक भनाइ : कसले के भने ?

बिहीबार, १६ वैशाख २०७८, १० : ३८
बिहीबार, १६ वैशाख २०७८

मन कालो भए संसार कालो हुन्छ – कवि शिरोमणि लेखनाथ पौड्याल

खान पकाउँदा र खाँदा पनि असल कुरा सोच्ने बानी बसाउनुपर्छ – खप्तड स्वामी

संसारको अवस्था बौलाएको बाँदरलाई चर्कने कमिलाले टोकेको जस्तो छ – डा. रामानन्द गिरि 

आहार अनुसार विचार बन्छ, विचार अनुसार व्यवहार बन्छ – उपनिषद् दर्शन

आफू जस्तो छ संसार त्यस्तै बनिदिन्छ – गीता

आफूलाई मात्र पकाउनेहरू आफ्नै पाप खाइरहेका हुन्छन् – गीता

पापीहरूलाई उनीहरूकै पापले खाइरहेको हुन्छ – श्रीमद्भागवत

मोहन जोद्दारो र हरप्पालाई ऋग्वेदमा नार्मिणी भनिएको छ – मदनमणि दीक्षित

योग सूत्रका प्रणेता पतञ्जलिको जन्म गोनर्द पवर्त सृङ्खला (अर्घाखाँची जिल्लाको ऐरावत क्षेत्र) मा भएको हो – प्रा.डा. विष्णुराज आत्रेय

आफ्नो भनेको पेटमा गएको जति मात्र हो, त्यो पनि पचाउन सकेको जति मात्रै – लोकोक्ति

पहिले मानिस औषधी नै नखाइ सय वर्ष बाँच्थे तर अहिलेका मानिस गर्र्भैबाट औषधी खान थाल्छन् र पनि निरोगी हुन सकेका छैनन् – लोकोक्ति

जगत भन्नु नै आफैँ हो, आफ्नै अङ्ग हो । त्यहीँबाट आउँछ र त्यहीँ बिलाउँछ – योगवासिष्ट महारामायण

दूधभित्र घ्यु र घ्युभित्र दूधको अंश रहे जस्तै जगतभित्र आफू र आफूभित्र जगत्को अंश पनि रहेकै हुन्छ – ऐ.ऐ.

समुद्र र तरङ्ग देखुञ्जेलका लागि मात्र अलग हुन्, वस्तुतः एउटै हुन् – ऐ. ऐ. 

एउटै मनले संसार चलाउँछ, मन चल्नासाथ संसार पनि चल्न सुरु गर्छ – ऐ. ऐ, 

विन्दू र सिन्धु एउटै हुन्, विन्दूभित्र सिन्धु पनि हुन्छ, सिन्धुभित्र विन्दू पनि हुन्छ – ऐ. ऐ. 

आफू भलो त जगत् भलो – नेपाली उखान

मन चङ्गा भए लोहोटा गङ्गा बन्छन् – नेपाली उखान

                      कसलाई के भनिन्छ 

भगवान् पशुपतिनाथलाई आदि ज्योतिर्लिङ्ग भनिन्छ ।

डोलेश्वर महादेव केदारनाथको शिर मानिएका छन् ।

दुई वा सोभन्दा बढी प्रसिद्ध नदीको सङ्गमलाई प्रयाग भनिन्छ ।

देवघाटलाई आदि प्रयाग भन्ने गरिएको छ ।

काली गण्डकी संसारको एक मात्र त्यस्तो नदी हो, जहाँ शालिग्राम पाइन्छ ।

वेदका ऋचालाई मन्त्र भनिन्छ ।

वैदिक मन्त्रद्रष्टा पुरुषलाई ऋषि भनिन्छ ।

वैदिक मन्त्र द्रष्टा नारीलाई ऋषिका भनिन्छ, जसको उपस्थिति ऋग्वेदमै २५ भन्दा बढी रहेका छन् ।

वैदिक मन्त्रद्रष्टा ऋषिहरू कश्यप, अत्रि, विश्वामित्र र वसिष्ठको जन्मस्थल र कर्मस्थल नेपाल मानिएको छ ।

व्याकरण सूत्रका निर्माता पाणिनि अर्घाखाँची प्रणेनाका निवासी मानिएका छन््, यसैको आधारमा उनको नाम पाणिनी रहेको भनाइ छ ।        

प्रस्तुति – रातोपाटी डेस्क 
स्रोत – विभिन्न पुस्तक र पत्रपत्रिका 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप