शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मेरो र सलमानको विवाहको चिन्ता सबैलाई छ’

शुक्रबार, २७ असोज २०७४, १५ : ४४
शुक्रबार, २७ असोज २०७४

बलिउड अभिनेत्री तब्बू आजकाल आफ्नो फिल्म ‘गोलमाल अगेन’ को प्रोमोशनमा निकै व्यस्त छिन् । यसै क्रममा अभिनेत्री तब्बूले एक भारतीय मिडियासँग फिल्म र आफ्ना नीजि जीवनबारे कुराकानी गरेकी छिन् ।

बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म लगातार मिटिङ र अन्तर्वार्ता गरेपछि पूर्ण रुपमा थाकिसकेकी तब्बू भन्छिन्, ‘यार, एक बिहानदेखि एकैखाले प्रश्नको जवाफ दिँदा दिँदा निकै थाकिसकेकी छु । कसैसँग कुरा गर्न अब मेरो मन नै छैन तर पनि फिल्मको रिलिज डेट नजिकिएका बेला मैले अन्तर्वार्ताका लागि अस्विकार पनि गर्न सक्दिनँ ।’

थकित तब्बलू सुरुवाती केही सवालको जवाफ दिने क्रममा भन्छिन्, ‘सबैले यही प्रश्न सोधे । अब तपाईं पनि मेरो विवाहको प्रश्न सोध्नुहोस् । तपाईं मेरो विवाहबारे केही प्रश्न सोध्नुहुन्न ? मेरो र सलमानको विवाहको चिन्ता त सबैलाई छ । हरेकले मलाई विवाह बारे प्रश्न सोध्ने गर्दछन् । एउटै प्रश्नका कारण मलाई बोर लागिसकेको छ । केही भिन्न र नयाँ प्रश्न सोध्नुहोस् यार ।’

फिल्ममा आफ्नो भूमिकाबारे बताउँदै उनी भन्छिन्, ‘गोलमाल अगेन एक कमेडी फिल्म हो र सबैजनाले फिल्ममा हँसाउने काम गरिरहेका छन् तर मैले फिल्ममा कमेडी गरिरहेकी छैन । मानिसहरुलाई हँसाउनु वास्तवमा नै गाह्रो काम हो । मेरो लागि काम सजिलो थियो किनभने मैले केही भिन्न गरें । गोलमाल सिरिज पुरुषहरुको फ्रेन्चाइजी हो । मेरो लागि यो समूहसँग काम गर्नु निकै सजिलो थियो । मैले उनीहरुसँग सेटअपमा गएर काम गर्नुथियो जुन निकै सजिलो थियो ।’

गोलमाल अगेनको यो भागमा हरर कमेडी पनि छ । फिल्ममा भूतले हँसाउने काम गरिरहेको छ । वास्तविक जीवनमा भूतसँग आमनेसामने भएको कुरामा तब्बू भन्छिन्, ‘गोलमाल समूहमा पुरुषको जुन समूह छ उनीहरु भूतभन्दा कम छैनन् । वास्तविक जीवनमा उनीहरुले सबैलाई तर्साएर राखेका थिए ।’

गोलमाल अगेनमा तब्बूका साथै अजय देवगन, अरशद वारसी, परिणिती चोपडा, तुषार कपुर, कुणाल खेमू, श्रेयश तलपडे, नील नितिन मुकेश, प्रकाश राज, जनी लिभर, मुकेश तिवारी, संजय मिश्रा, मुरली शर्मा र वसन्त रवीजस्ता अभिनेताको महत्वपूर्ण भूमिका रहनेछ । यो फिल्म अक्टोबर २० तारिखमा रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप