रुघाखोकीको भाइरसले मार्छ कोरोना भाइरस ?
कोरोना भाइरसको दोस्रो रुपले संसारमा त्रास फैलाइरहेको छ । विभिन्न उपायका बावजुद यसलाई नियन्त्रणमा ल्याउन सकिएको छैन । यस्तो स्थितिमा एउटा नयाँ आशा पलाएको छ । वैज्ञानिकले रुघाखोकी लगाउने रायनोभाइरस (rhinovirus ) ले शरीरमा प्रवेश गरेर कोरोनालाई परास्त गर्नसक्ने दाबी गरेका छन् । उक्त भाइरसको मद्दतले कोभिड–१९ को खतरा धेरै हदसम्म कम गर्न सकिने वैज्ञानिकले दाबी गरेका छन् । उक्त शोध विज्ञान पत्रिका 'जर्नल अफ इन्फेक्शस डिजिज' मा प्रकाशित छ ।
ग्लास्गो सेन्टर फर वायरस रिसर्चको टिमले यसबारे शोध गरेको थियो । यस प्रयोगमा एक कोशिका
को एउटा ढाँचा तयार गरिएको थियो । यस ढाँचालाई मानिसको श्वासप्रश्वास प्रणाली जस्तै काम गर्ने किसिमले बनाइएको थियो । यस ढाँचामा रुघाखोकीका लागि जिम्मेवार ठानिएको रायनोभाइरस तथा कोरोना भाइरस दुबैलाई एकै समयमा प्रवेश गराइयो ।
प्रयोगको समयमा रायनोभाइरसले कोशिकाले बनेको ढाँचामा कब्जा गरेको देखियो जसका कारण कोरोना भाइरस अप्रभावी रहेको देखियो ।
रायनोभाइरसले पनि मानिस वा अन्य पशु जस्तै काम गर्छ । जसरी हामी आफ्नो वर्चस्व बनाउनका लागी लड्छौँ र विजय हासिल गर्छौं । त्यस्तै प्रकारले भाइरस पनि होस्ट शरीरमा प्रवेश गर्नका लागि लड्छ । र अर्कोलाई नष्ट गर्नसक्ने भाइरसकै जीत हुन्छ । रुघाखोकीको भाइरस रायनोभाइरसले पनि यसैगरी काम गर्छ ।
सन् २००९ मा पनि यस्तै प्रयोग भएको थियो । जब युरोपियन देश स्वाइनफ्लुले आक्रान्त बनिरहेका थिए । त्यसबेला रुघाखोकीको मौसम थियो । यस्तोमा जो मानिसलाई रुघाखोकी लाग्यो तिनीहरु स्वाइनफ्लुबाट सुरक्षित रहेको पत्ता लाग्यो । त्यसपछि शोधमा रायनोभाइरस प्रवेश नगरेको शरीरमा मात्रै कोरोना भाइरस सक्रिय रहने निष्कर्ष निकालियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल सञ्चालन
-
माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छ : प्रचण्ड
-
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता
-
नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने
-
एलिनाले भनिन्– ‘विवाह गर्न हतार गरेछु’
-
अध्यादेशको सही कार्यान्वयन हुनसके बेरोजगारदर घटाउन सकिन्छ: अध्यक्ष ढकाल