कपनबाट सालकको खपेटासहित २ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपेटासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँ महानगरपालिका–६ बौद्ध कपन सरस्वतीनगरबाट एक किलोग्राम ८०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटासहित धादिङ थाक्रे गाउँपालिका–३ डाँडाखर्कका ३० वर्षीय कुलबहादुर तामाङ र २० वर्षीय जयराम तामाङलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिइन् । उनीहरुलाई आखेटोपहार झोलामा बोकेर हिँडेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता पन्तले बताइन् । पक्राउपछि दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य र आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनीत
-
किन ‘डम्ब फोन’ खोज्दैछन् मान्छेहरू ?
-
आज प्रज्ञा भवनमा जुट्दै जनार्दन र विप्लव
-
म्याग्दीमा टिपर दुर्घटना, २ जनाको मृत्यु
-
गैँडाको खाग तस्कर पक्राउ गर्न हेटौँडामा ५ राउन्ड हवाई फायर
-
पहिलो दिन अस्ट्रेलियाका चार ब्याट्सम्यानको अर्धशतक, १९ वर्षीय कोन्सटस चर्चामा