बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलले एमबीबीएस अन्तिम वर्षमा ल्यायो देशकै उत्कृष्ट नतिजा

सोमबार, १३ वैशाख २०७८, २२ : ०४
सोमबार, १३ वैशाख २०७८

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबीबीएस अन्तिम बर्षमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ । नोबेलले यस बर्ष एमबीबीएस चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको हो ।

एमबीबीएस अन्तिम बर्षको परीक्षामा सामेल भएका नोबेलका १० औं ब्याचका सबै विद्यार्थी उत्तीर्ण भएको नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेलका १० औं ब्याचका ४८ जना विद्यार्थी एमबीबीएस अन्तिम बर्षको परीक्षामा सहभागि भएका थिए । सहभागि सबै विद्यार्थी उत्तीर्ण भएका छन्,’ डा.शर्माले भने, ‘एमबीबीएसमा यस्तो सत प्रतिशत रिजल्ट आउन निकै गाह्रो हो । यस पटक देशकै उत्कृष्ट नतिजा हाम्रो आएको छ ।’

सन् २०१५ मा नोबेलमा एमबीबीएस भर्ना भएका विद्यार्थीले सत प्रतिशत नतिजा ल्याएका हुन् । यता, काठमाडौं विश्वविद्यालयका परीक्षा नियन्त्रक पन्ना थापाले एमबीबीएसमा सरदर ६५ देखि ७५ प्रतिशत मात्र रिजल्ट आउने गरेको भन्दै सत प्रतिशत रिजल्ट विरलै मात्र आउने गरेको बताए ।

यसअघि गत माघ महिनामा प्रकाशित बिएस्सी नर्सिङ्ग चौथो बर्षको नतिजामा पनि नोबेलका सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । त्यसअघि नोबेलले बीडीएस प्रथम र दोस्रो बर्षमा पनि सत प्रतिशत नतिजा ल्याएको थियो । नोबेलका एमबीबीएस दोस्रो ब्याचका कमल आचार्य र तेस्रो ब्याचका ज्योती विद्यानले ‘केयू टप’ समेत गरेका थिए । चिकित्सा शिक्षाका लागि नेपालसहित छिमेकी मुलुकका विद्यार्थीको समेत रोजाइमा पर्ने गरेको नोबेलले उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाइजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप