बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा विश्वविद्यालयद्वारा अनिश्चितकालका लागि परीक्षा स्थगित

सोमबार, १३ वैशाख २०७८, २१ : ५९
सोमबार, १३ वैशाख २०७८

पोखरा । पोखरा विश्वविद्यालयले सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ । 

परीक्षा नियन्त्रक प्रा.डा.टेकराज ज्ञवालीले सरकारको नयाँ निर्णयपछि मात्र परीक्षा हुने बताएका छन् । विश्वविद्यालयको प्रशासन खुला रहने बताउँदै सवै प्राध्यापकहरूलाई अनलाईन माध्यमबाट अध्यापन गराउन र विद्यार्थीहरुलाई सोही अनुसार अध्ययन गर्न उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप