बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कृतिको ‘भूमिका’ सार्वजनिक

सोमबार, १३ वैशाख २०७८, २१ : ४८
सोमबार, १३ वैशाख २०७८

ललितपुर । कलाकार तथा इन्टेरियर डिजाइनर कृति श्रेष्ठ उपाध्यक्षद्वारा लिखित ‘भूमिका’ नामक पुस्तक सार्वजनिक भएको छ ।

इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालका अध्यक्ष बृन्दा कक्षपति प्रधान, कलाकार तथा कला समीक्षक मुकेश मल्ल, साहित्यकार ममता मृदुल र लेखक उपाध्यायले संयुक्त रुपमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

पुल्चोकस्थित एसोसिएसनको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रधानले नेपालमै पहिलो पटक इन्टेरियर डिजाइनका बारेमा उपाध्यायले पुस्तक ल्याएको दावी गरिन् । उनले इन्टेरियर डिजाइनका विविध पक्षलाई सहज ढंगले बुझ्न पुस्तक निकै उपयोगी रहेको बताइन् ।

इन्टेरियरलाई जीवनशैलीसँग जोडेर पुस्तक आएको विचार राख्दै कलाकार तथा समीक्षक मल्लले कला र इन्टेरियरलाई सँगै लैजानुपर्ने धारणा व्यक्त गरे ।

साहित्यकार ममताले इन्टेरियर डिजाइनमा रुचि राख्ने जोकोहीको लागि पुस्तक उपयोगी रहेको बताइन् । उनले हरेक घरको उज्यालो नै नारी भएको विषयलाई पुस्तकमा चर्चा गरिएको जनाउँदै पुस्तक सानो भए पनि गहन कुरा आएको विचार व्यक्त गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप