मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नेपाल अफ्रिका फिल्म फेस्टिभलमा ‘आमा’ उत्कृष्ट

सोमबार, १३ वैशाख २०७८, १२ : ००
सोमबार, १३ वैशाख २०७८


नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ आइतबार साँझ सकिएको छ । शुक्रबारबाट जमलस्थित सांस्कृतिक संस्थान सुरु भएको महोत्सव तीन फिल्मलाई उत्कृष्ट पुरस्कार दिँदै सकिएको हो ।
महोत्सवमा यो वर्ष वृत्तचित्र तर्फ गणेश पाण्डे निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को हजबेन्ड) उत्कृष्ट भएको छ । यो वृत्तचित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरूमा जारी बहुपति प्रथामा केन्द्रित रहेको थियो ।

यस्तै महोत्सवमा कथानक चलचित्रतर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ । आमा वृद्धा आमाबुबालाई वृद्धाश्रममा राख्नेहरुको कथा उठाइएको थियो ।
त्यस्तै  डक्युड्रामा तर्फ माधवराज खरेल निर्मित एवम् निर्देशित वृत्तचलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । यो वृत्त चलचित्रले सुदूरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडीको  समस्यामा उठाएको थियो ।
तीन उत्कृष्ट चलचित्रले जनही ५ हजार रुपैयाँ सहित आदिम पुरस्कार प्रदान गरिएको छ । अभिनेता प्रदीप बास्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट चलचित्रको चयन गरेको थियो ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्धारा आयोजित नवौं संस्करणको महोत्सब समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए । यो महोत्सबले नेपालमा अफ्रिकालाई सिनेमाबाट चिनाउन ठुलो सहयोग पु¥याएको उनले बताए ।

चलचित्र निर्देशक तथा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले समापन समारोहमा पुरसकार प्रदान गर्दै नेपाली भन्दा अफ्रिकन फिल्महरु धेरै माथि भएकाले हामीले उनीहरुको फिल्मबाट धेरै सिक्ने अबसर पाएको बताए ।

महोत्सवमा नेपाली र अफ्रिकन चलचित्रका चुनौतीबारे बहस पनि भएको थियो । सो अवसरमा फिल्म निर्देशक मनोज पण्डितले अफ्रिकनको तुलनामा नेपाली चलचित्र र नेपाली चलचित्रका समस्याबारे कार्यपत्र प्रस्तुत गरे । 
महोत्सवबाट आफुहरुले निरन्तर नौ वर्षदेखि नेपाल अफ्रिकालाई जोड्ने कार्य गरेको आयोजक संस्था कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी अध्यक्ष डा. मञ्जु मिश्रले समापन समारोहमा बताइन् ।
महोत्सव निर्देशक डब्बु क्षत्रीले कोरोनाको महामारी बीच पनि सामाजिक दुरी कायम गरेर आफुहरु महोत्सव सम्पन्न गर्न सफल भएको बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेको महोत्सवमा नेपालमा ७ वटा र अफ्रिकामा ८ वटा गरेर १५ फिल्म प्रदर्शन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप