नाचघरमा वियोन्सेले गाइन् ‘फूलबुट्टे सारी’
अफ्रिकन गायिका द क्याप्टेन वियोन्से फाम्सीले चर्चित गीत ‘फूलबुट्टे सारी’ प्रत्यक्ष गाएर दर्शक रिझाएकी छन् । काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित ‘नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१’को उद्घाटन समारोहमा उनले यो गीत गाएर दर्शक मात्र रिझाएकी हुन् ।
कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तराष्ट्रिय अतिथिले समेत उनको गायनको प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतले उनले गाएको स्वर चाख दिएर सुनेका थिए । गीत सुनेपछि सबैले उनको स्वरको तारिफसमेत गरेका थिए ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना रहेको र फेस्टिभलको उद्घाटनसमेत मन्त्री ज्ञवालीले नै गरेका थिए । महोत्सवमा यस पटक ८ नेपाली लामा छोटा चलचित्र र ९ वटा अफ्रिकन गरेर १५ चलचित्र सहभागी छन् ।
महोत्सवमा सांस्कृतिक संस्थान लगायत विभिन्न सङ्घसंस्थाको कलाकारको समेत विभिन्न प्रस्तुति राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने