ओली र नेपालबीचको दूरी थप बढ्यो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ । सर्वोच्च अदालत गत २३ फागुनमा गरेको फैसलापश्चात् पूर्ववत् अवस्थामा फर्किएको एमालेभित्र एकपछि अर्को विवाद बढ्दै जाँदा पार्टी गम्भीर समस्यामा फस्दै गइरहेको छ ।
संस्थापन पक्षले बैठक बसेर विभिन्न निर्णय गरेपछि त्यसमा नेता नेपाल समूहले आपति जनाउँदै आएको छ । सो समूह २ जेठ २०७५ कै अवस्थाबाट पार्टी सञ्चालन गर्नुपर्ने अडानमा छ ।
ओली र नेपालबीचको आआफ्नै अडानले पार्टी दुई समूहमा विभाजित देखिएको छ । एमाले स्रोतअनुसार दुवै नेताबीच कुनै सहमति नभए पार्टी आधिकारिक रूपमा दुईवटा बन्ने पक्का रहेको छ । ओली सहमति गर्दै नगर्ने, नेपाल झुक्दै नझुक्ने अडानले अन्ततः एमाले फुट्ने निश्चित नै भएको स्रोतको दाबी छ । ‘एकले अर्काको अस्तित्व स्विकार्नै नसक्ने रोग नेताहरूमा देखिएको छ जसले एकपछि अर्को समस्या थपेको छ,’ एमालेका एक नेताले भने ।
दुई ध्रुवमा विभाजित नेताहरूबीच दुईपटक भेटघाट भयो । ओली र नेपालबीच भएको भेटघाटले पार्टीभित्रको विवाद समाधान हुने विश्वास आम नेता–कार्यकर्ताको थियो । तर, दुवै नेता आआफ्नै अडानमै रहेकाले पार्टी फुट्ने चिन्ता बढ्दै गएको हो ।
झन्डै पाँच महिनादेखिको छलफलहीन स्थिति तोड्दै ओली र नेपालबीच छलफल भएको थियो । नागपोखरिस्थित होटल मेरियटमा ओली र नेपाल संवादमा जुटेसँगै सिंगो देशकै राजनीतिक माहोल एकाएक तात्यो । पछिल्लो समय पानी बाराबारको अवस्थामा पुगेका दुई नेता एक्कासि संवादमा जुट्दा एमाले पंक्ति उत्साहित देखिए पनि त्यो धेरै समय टिक्न सकेन ।
यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त