धरहरामा सकिएको छैन अझै यी काम, मंसिरसम्म सक्ने लक्ष्य

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुन्धारामा धरहराको उद्घाटन गरे । तर धरहरा पूर्णरुपमा निर्माण भइसकेको भने छैन । धरहरा चढ्न मिल्ने अवस्था रहेपनि धरहरा भित्र तथा बाहिर अझै निकै काम बाँकी छ ।
६ वर्षअघि भूकम्प गएको बैशाख १२ गतेको अघिल्लो दिन पारेर हतार हतार उद्घाटन गरिएपनि धरहराको फेदको आधा भागमै अझै सिडी निर्माण गर्नै बाँकी रहेको छ ।
उद्घाटनका लागि भनेर मात्रै आधा भागको सिडि बनाएर त्यसमा सेतो रंग लगाइएको थियो । उद्घाटनका बेला निर्माण बाँकी रहेको आधा भागमा सेतो कपडा लगाएर छोपिएको थियो । धरहरामा रहेका २ वटा लिफ्ट मध्ये एउटा लिफ्ट अझै संचालनमा आएको छैन ।
४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा क्षेत्रमा पार्किङ क्षेत्र, म्युजियम, पेभिलियन लगायतका संरचना निर्माणको काम सकिएको छैन् । पार्किङ क्षेत्रको काम ६० प्रतिशत मात्र सकिएको पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान प्रधानाङ्गले रातोपाटीलाई जानकारी दिए ।
यस्तै ४ तले म्युजियम भवन बनाउनुपर्नेमा २ तला निर्माणको तयारी भइरहेको उनले बताए । अहिलेसम्म म्युजियम निर्माणको काम ३० प्रतिशत हाराहारी भएको छ ।
यस्तै पेभिलियन निर्माणको काम पनि भर्खर सुरु भएको छ । धरहरा क्षेत्रका यी काम सक्नका लागि आगामी मंसिर सम्मको समय सीमा दिइएको छ । सो अवधीमा काम सकिने प्रधानले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते धरहरा निर्माणको शिलान्यास गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३ अर्ब ४८ करोडको लागतमा धरहरा निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?