ओलीको प्रतिबद्धता : माओवादीबाट निष्कासित सबै सांसदलाई उपनिर्वाचनमा जिताइने
![ओलीको प्रतिबद्धता : माओवादीबाट निष्कासित सबै सांसदलाई उपनिर्वाचनमा जिताइने](https://rpcdn.ratopati.com/media/albums/kp_oli_MfW4qYe2ux_R8iKWuifdb.jpg)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा प्रवेश गरेका माओवादीका सबै पूर्व सांसदहरुलाई निर्वाचन गराएर जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै ओलीले माओवादी त्याग गरेर आएका सांसदको संरक्षण एमालेले गर्ने बताएका हुन् । नेकपा माओवादी केन्द्रले निष्कासन गरेपछि ती सांसदहरुको पद गुमेको थियो ।
उनले भने, ‘हाम्रो पार्टी तिर लागेका कारणले माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरु ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ। पूर्व माओवादी साथीहरु प्रचण्डको डर, धम्की, मुद्दा सामना गरेर आफ्नो सांसद पद त्यागेर जुन ढंगले लाग्नुभयो, उहाँहरुलाई पुनः चुनाव गराएर जिताइनेछ । एमालेमा लागेपछि जसरी पनि संरक्षण हुन्छ। केपी ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय हुँदैन।’
जेष्ठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापा नै पार्टीको उम्मेदवार हुने ओलीले बताए । ‘समयमा औपचारिक निर्णय गरिनेछ। आउने उप–निर्वाचनहरुमा पनि हाम्रालाई कारवाही गरिएका हकमा उहाँहरु नै उम्मेदवार हो,’ उनले भने, ‘हामीले कार्बाही गरेको ठाँउमा प्रदेश कमिटीको इन्चार्ज सह इन्चार्ज अध्यक्ष सचिव भएर होमवर्क गर्नुस् जनता पुनः एमालेको पक्षमा छ भन्ने सन्देश दिनुछ।’
ओलीले पार्टीले निष्कासन गरेका मान्छेहरुले दोहोर्याएर नजित्ने पनि ठोकुवा गरे । ‘हाम्रो पार्टी ध्वंस बनाउने, पार्टी कार्यालय कब्जा गर्ने चरण सामना गरेर आएका छौँ। अब हाम्रो भागमा जीत मात्र छ । ७४ सालमा पपुलर मत ४४ लाख मत पाएको हो। अब ५० लाख ल्याउने हो,’ ओलीले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन
-
काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने
-
दोलखाको सैलुङबाट देखिएका हिमशृङ्खला, तस्बिरहरु
-
पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता
-
अध्यादेशमा सबैको नजर उपेन्द्रतर्फ, महन्थ ठाकुर पनि छैनन् सन्तुष्ट
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ