यी ५ जना सांसदले अझै बुझाएनन् स्पष्टीकरण, कारवाहीकाे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई
नेकपा एमालेका २७ जना सांसद्लाई पार्टीले स्पष्टीकरण सोधेकोमा पाँच जना सांसदले भने अझै स्पष्टीकरण बुझाएका छैनन् । स्पष्टीकरण नबुझाउनेमा योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरु जैरी र दीपक भट्ट रहेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अरुको सबैको स्पष्टीकरण तुलानात्मक हिसाबले सफ्ट कर्नरबाट स्पष्टीकरण आएको छ । एउटै प्रकृतिको उत्तर आएको बताउँदै कतै बसेर निर्णय गरेर स्पष्टीकरण लेखेको देखिएको अध्यक्ष ओलीले बताएका थिए। ओलीले सांसद गणेश पहाडी र हिरा केसीले मूलधारमा लाग्ने प्रतिबद्धता जनाएको पनि बैठकमा जानकारी दिए । त्यस्तै, जय कुमार राई, सोम पाण्डे र कल्याणीको स्पष्टीकरण सुझावसहित आएको उनको भनाइ छ।
कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सांसदहरूले आफ्नै ढंगले स्पष्टीकरण दिएको ओलीले जनाएका छन् । ‘पाँच जनाको स्पष्टीकरण आएको छ । प्रकाश ज्वाला र अन्य ४ जना प्रदेश कमिटीमा हुनुहुन्छ। देवी ओलीले भूलवश फ्लोर क्रस गरेपछि सच्याए अब पार्टीको निर्णय मान्छु भन्ने आयो,’ ओलीले भनेका थिए ।
बैठकले देवी ओलीको बारेमा थप स्पष्टीकरण सोध्ने र बाँकी सबैलाई पार्टी सदस्य र सांसद पद नरहने गरि कारबाही गर्ने निर्णय गरेको छ । बैठकले निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र लेख्ने पनि बैठकले निर्णय गरेको छ। कर्ण थापा, गोरख बोगटी लगायतले देवी ओलीलाई पनि कारवाही गर्न माग गरेका थिए।
स्पष्टीकरण आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउँदा स्पेस दिने तर निहुँ खोजेर उद्दण्डता देखाउने र एमाले समाप्त गर्न लाग्छु भन्नेलाई कारवाही गरिने ओलीले चेतावनी दिएका छन् । उनीहरुको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने बैठकले निर्णय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जदौ दाहाल यज्ञनिधि र अभिजात वर्ग
-
केजरीवालले बनाए अग्रता, सिसोदिया पनि अगाडि
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतदान सुरु
-
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छ : जनार्दन शर्मा (अन्तरवार्ता)
-
परिवार नियोजनको अस्थायी साधन : यसका फाइदा र असर (भिडियो)
-
उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव