१ किलो चरेशसहित होटल संचालक पक्राउ
शुक्रबार, १० वैशाख २०७८, ०७ : १२
काठमाडौं । प्रहरीले चरेश कारोबार गरेको आरोपमा कैलालीको धनगढीमा होटल संचालन गरेर बस्ने चक्र बहादुर रोकायालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ बोराडाडी स्थित प्रगती होटलका संचालक रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।
बाजुराको बुढीनन्दा नगरपालिका–९ घर भएका चक्र बहादुरको होटलबाट १ किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहीबार पक्राउ गरिएका रोकायालाई प्रहरीले लागु औषध नियन्त्रण ऐन अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न थप निकायलाई परिपत्र
-
गण्डकीको संसद् बैठक स्थगित
-
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखविरुद्ध खनियो कांग्रेस
-
भारतमा लोकसभा निर्वाचन : मणिपुरमा गोलाबारी, बंगालमा हिंसा
-
गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण