शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३०६ जनाको मृत्यु

शुक्रबार, १० वैशाख २०७८, ०० : ०७
शुक्रबार, १० वैशाख २०७८

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ । सोही समयावधिमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार सोही अवधिमा नयाँ दिल्लीमा १९ हजार ६०९ जना संक्रमित निको भएका छन् ।

भारतीय सरकारी तथ्यांकअनुसार दिल्लीमा यसबेला ९१ हजार ६ सय १८ जना कोरोनाका बिरामी रहेका छन् भने अहिले सम्म १३ हजार १९३ जनाको संक्रमणकै कारण मृत्यु भैसकेको छ । भारतमा पछिल्लो समय २४ घण्टामा ३.१४ लाख नयाँ संक्रमति थपिएका छन् भने एकैदिन २१ सय ४ जनाको मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप