बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीबाट एक होटल संचालकलाई  पक्राउ

बिहीबार, ०९ वैशाख २०७८, २० : ४३
बिहीबार, ०९ वैशाख २०७८

कैलाली । लागु औषध चरेससहित प्रहरीले एक होटल संचालकलाई  पक्राउ गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाडीको प्रगतिटोलबाट १ किलो लागू औषध चरेससहित  बाजुराको बुढीनन्दा नगरपालिका ९ बस्ने वर्ष ३२ को होटल संचालक चक्रबहादुर रोकायालाई  विहीबार  प्रहरीले पक्राउ गरेको हो ।

सो होटलमा चरेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा  प्रहरीले खानतलासी गर्दा रोकायाले होटलमा लुकाई छिपाई राखेको अवस्थामा १ किलो चरेस बरामद गरिएको थियो । 

सोही क्रममा होटल संचालक रोकायालाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवम् प्रहरी नायव उपरीक्षक भरत बहादुर चौधरीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप