शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइपिएल : राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै

बिहीबार, ०९ वैशाख २०७८, १९ : ५३
बिहीबार, ०९ वैशाख २०७८

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको १६ औं खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै छन् । मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेको छ ।

यी दुई टीमबीच पछिल्लो पाँच म्याचमा दुई म्याच बेंग्लोरले जितेको छ भने दुई म्यान राजस्थानले जितेको छ । सन् २०१९ को एउटा म्याच भने अनिर्णित रहेको थियो ।

जारी प्रतियोगिताको अंकतालिकामा बेंग्लोर दोस्रो नम्बरमा छ भने राजस्थान सातौं नम्बरमा छ । बेंग्लोरले तीन खेलमा तीन जितका साथ ६ अंक जोड्दा राजस्थानले भने तीन खेलमा एक जित र दुई हारका साथ दुई अंकमात्र हासिल गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप