बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दोलखा काँग्रेसका पूर्व सभापतिको रुखले किचेर मृत्यु

बिहीबार, ०९ वैशाख २०७८, १८ : ५६
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेस दोलखाका पूर्व सभापति देवीप्रसाद न्यौपानेको दुर्घटनामा परेर मृत्यु भएको छ । 

दोलखाको तामाकोशी गाउँपालिकास्थित जफेमा रुख काट्दा ढलेको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । 

प्रहरी चौकी छौंडेबाट खटिएको टोली घटनास्थलमा पुगेको छ । शव पोष्टमार्टमका लागी चरिकोट ल्याइने डिएसपी रिजालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप