पत्रकार महासंघ प्रदेश १ र मोरङ जिल्ला कार्यसमितिको पद हस्तान्तरण

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटी र मोरङ जिल्ला कार्यसमितिको बिहीबार पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको २६ औं निर्वाचनबाट प्रदेश र जिल्ला तहमा निर्वाचित सदस्यहरुलाई विराटनगरमा संयुक्त कार्यक्रम गरी पद हस्तान्तरण गरिएको हो ।
गत चैत्र २५ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट प्रदेश १ मा अध्यक्ष लीलाबल्लभ घिमिरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको छ भने जिल्ला शाखामा अध्यक्ष सञ्जीव खनालको नेतृत्वमा २० सदस्यीय कार्यसमिति चयन भएको छ । यस्तै मोरङबाट पत्रकार महासंघको प्रदेश परिषद सदस्यमा १३ जना र केन्द्रिय परिषद सदस्यमा ५ जनाले जिम्मेवारी पाएका छन् ।
बिहीबार नवनिर्वाचित जिल्ला कार्यसमितिलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र मुख्य निर्वाचन अधिकृत दीपक दाहालले प्रमाण–पत्र प्रदान गरेका छन् । यस्तै नवनिर्वाचित प्रदेश कार्यसमितिलाई भने निर्वाचन समितिका संयोजक यज्ञराज शर्मा र सभामुखले प्रमाणपत्र वितरण गरेका छन् ।
पद हस्तान्तरण कार्यक्रममा शुभकामना दिँदै प्रदेश १ का सभामुख भण्डारीले संघीयता कार्यान्वयनको अभिन्न अङ्गको रुपमा हेरिएको सञ्चार जगतलाई जनताका संवैधानिक हक र अधिकार रक्षाको प्रमुख स्तम्भका मानिएको बताए ।
उनले आदर्श समाज निर्माणमा सञ्चार जगतको भूमिका उल्लेखनीय रहेको भन्दै पेशागत मर्यादा र अनुशासनको माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउन तथा राज्यलाई जनताप्रति उत्तरदायी बनाउन महत्वपूर्ण सघाउ पुग्ने भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा