मलेसियाविरुद्ध नेपालको फराकिलो जित, लिगको शीर्षस्थानमा रहँदै फाइनलमा
काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि फराकिलो जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो ।
टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।
नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन जोडेका थिए । उनले ७ छक्काको मद्दतमा सो रन बनाएका हुन् ।
यस्तै, आसिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।
मलेसियाका लागि फित्री शाम, अनवर रहमान र शयद अजिजले दुई–दुई विकेट लिए भने मुहम्मद वाफिकले एक विकेट हासिल गरे ।
२१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया २० औं ओभरको पहिलो बलमा सबै विकेट गुमाएर १४८ रनमा सीमित रह्यो । मलेसियाका लागि अमिनुद्दीन रमलेले ४१, अहमद फैजले ३१ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र कमल ऐरीले तीन–तीन विकेट लिए भने सुशन भारीले एक विकेट हात पारे ।
लिग चरणमा ६ अंकका साथ नेपाल शीर्ष स्थानमा पुगेको छ भने ५ अंकका साथ मलेसिया दोस्रो स्थानमा छ । उपाधिका लागि यी दुई शीर्ष टोलीबीच भिडन्त हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी