शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

होटल मेरियटबाट धरहरा हेर्दै ओली र नेपाल

बिहीबार, ०९ वैशाख २०७८, १५ : ४३
बिहीबार, ०९ वैशाख २०७८

नेकपा एमालेभित्रको विवाद मिलाउन दुई दिनयता छलफलमा जुटेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको पछिल्लो तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक तस्विरअनुसार ओली र नेपालले सँगै नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै गरेको देखिन्छ ।  

दुबै नेताले वार्ता स्थल होटल मेरियटबाट धराहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । 
‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा कमलपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै’, थापाले दुई नेताको फोटोसहितको ट्वीटमा भनेका छन् । 
एमालेभित्रको विवाद फुटउन्मुख भएको बेला दुई नेताबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप