शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आरोप प्रत्यारोपकै बीच ओली–नेपालबीच आज पनि वार्ता, होटल मेरियटमा ‘वान टु वान’

बिहीबार, ०९ वैशाख २०७८, १५ : ०५
बिहीबार, ०९ वैशाख २०७८

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन् । नक्सालको होटल मेरियट मा ओली र नेपालबीच भेटवार्ता  जारी रहेको हो । 
उनीहरुबीच वान टु वान वार्ता चलिरहेको बताइएको छ ।  बुधबार साँझ  पनि अध्यक्ष ओली र नेता नेपालबीच दुई घण्टा भेटवार्ता भएपनि ठोस सहमति जुट्न सकेको थिएन । 

वार्तामा सहमति नभएपछि आज पनि ओली र नेपालले एकअर्कालाई आरोप प्रत्यारोप गर्न छाडेनन् । ओलीले पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेपालले देशभर नयाँ पार्टी खोलेको आरोप लगाएका थिए भने नेपालसहितका १५ नेताले पनि ओलीकै कारण पार्टी विभाजनको डिलमा पुगेको दावी गरेका थिए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप