शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सांसदले ओलीलाई बुझाए जवाफ: सुरेन्द्र पाण्डेको जवाफमा के छ ? (पूर्णपाठसहित )

बिहीबार, ०९ वैशाख २०७८, १९ : ५९
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहका २७ सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । मंगलबार ओलीले तीन दिने म्याद राखेर संघका २७ र प्रदेशका ५ सांसदलाई सोधेको स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।

उनीहरुमध्ये केहीले एमाले संसदीय दलको कार्यालय त केहीले इमेलमार्फत जवाफ बुझाएका हुन् । अध्यक्ष ओलीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने २ दिनको समय र अन्यलाई ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका थिए । ओलीले चित्तबुझ्दो जवाफ नदिए सांसदबाटै हटाउने चेतावनी दिएका थिए । 

नेता सुरेन्द्र पाण्डेले पनि आजै स्पष्टीकरणको जवाफ पठाएका छन् । उनले केपी ओलीले अध्यक्षका हैसियतले चालेका कदमहरू पार्टीको विधानविपरीत भएको आरोप जवाफ दिएका छन् ।  साथै पार्टीमा आफुहरुले गरेको आलोचना र विरोधलाई सरकारविरुद्ध काम गरेको भन्ने हो भने लोकतन्त्रको नै मृत्यु हुने र पार्टीको माक्र्सवाद–लेनिनवादको द्वन्द्ववादी सिद्धान्त तथा जनवादको अवसान हुने जवाफ फर्काएका छन् । 

‘मलाई प्रेषित पत्रको बुँदा नं.३ मा लगाइएका सबै आरोपहरू निराधार, कपोलकल्पित, पूर्वाग्रहबाट ग्रसित देखिन्छन् । त्यहाँ उल्लेखित कुनैपनि क्रियाकलाप मैले गरेको छैन’, पाण्डेले भनेका छन्, ‘नेपालको संविधानमा उल्लेखित समाजवादउन्मुख शासन प्रणाली, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदन र विधानमा उल्लेखित राजनीतिक, आर्थिक र सांस्कृतिक कार्यदिशा, नीति, कार्यक्रम र संयुक्त वाम चुनाव घोषणापत्रसँग मेल खाने गरी गतिविधिहरु गर्न मैले आग्रह गरेको हुँ । नेपालको संविधान र पार्टीको सिद्धान्त, नीति र कार्यक्रम, विधान, विपरितका काम कुराको आलोचना र विरोध गर्न पाउने नैसर्गिक अधिकार सबै पार्टी सदस्य एवम् नागरिकहरूमा रहेको तथ्य स्पष्टै छ ।’

यस्तो छ पाण्डेको स्पष्टीकरण : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप