डलरमा लाभांश फिर्ता लैजाने क्रम बढेपछि विदेशी लगानीको मौज्दात रकम घट्यो
पछिल्लो समय विदेशी लगानीकर्ताले डलरमा लाभांश लैजाने क्रम बढ्दै गएपछि वैदेशीक लगानीको सञ्चितिमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले आर्थिक वर्ष ०७५/०७६ मा नेपालमा रहेको वैदेशिक लगानी मौज्दात रकम ८.८ प्रतिशतले घटेर १ खर्ब ८२ अर्ब ९१ करोड ९६ लाखमा झरेको देखाएको छ ।
आर्थिक वर्ष ०७४/०७५ मा यस्तो रकम २ खर्ब रुपैयाँ भन्दा बढी थियो । सो आर्थिक वर्षमा २७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ लाभांशका रुपमा विदेशिएको छ । त्यो भन्दा अघिल्लो वर्ष ०७४/०७५ मा ३९ अर्ब ५३ करोड रुपैयाँ लाभांश विदेशिएको थियो । आर्थिक वर्ष ०७२/०७३ १ खर्ब ३७ अर्ब ६७ करोड र ०७३/७४ मा विदेशी लगानीमा रहेको मौज्दात रकम १ खर्ब ६८ अर्ब ६१ करोड रुपैयाँ थियो । नेपालले पाउने प्रत्यक्ष वैदेशिक लगानीमा भारत अगाडी छ । भारतीय लगानीमा स्थापना भएको कम्पनीको ५६ अर्ब रुपैयाँ लगानी सहित अगाडी छ । विदेशी लगानीमा नेपालमा सञ्चालित ५३ कम्पनीको सर्वेक्षण गरिएको थियो ।
मौज्दातमा विदेशी कम्पनीहरुको चुक्ता पुँजी, सञ्चित कोष र ऋण लगानीलाई समावेश गरिएको हुन्छ । यस बीचमा चुक्ता पुँजी १४.७ प्रतिशतले बढेर ८८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चित रकम २७ प्रतिशतले घटेर ७८ अर्ब ३८ करोडमा आइपुगेको छ । कम्पनीहरुले नेपालमा गरेको नाफाबाट लाभांश फिर्ता लगेपछि सञ्चित रकम घटेको हो । विदेशी मुद्रा सञ्चितीमा सबैभन्दा ठूलो हिस्सा उत्पादन तथा खानीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?