२ वर्ष जेल सजाय तोकिएकी फरार महिला पक्राउ
बिहीबार, ०९ वैशाख २०७८, ११ : ३६
काठमाडौं । लेनदेन मुद्दामा कसुर ठहरपछि फरार रहेकी दाङकी धनमाया बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उप–महानगरपालिका–१४ बस्दै आएकी ३१ वर्षीया धन मायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला अदालत दाङले ०७६ कार्तिक ६ मा लेनदेन मुद्दामा कसुर ठहर गर्दै उनलाई २ बर्ष कैद हुने फैसला गरेको थियो । घोराही उप–महानगरपालिका स्थित मिलनचोक बस्ने धन मायालाई घरबाट पक्राउ गरेर अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत दाङको आदेशले उनलाई कारागार चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)