सिभिल बैंकको खराब कर्जामा सुधार
![सिभिल बैंकको खराब कर्जामा सुधार](https://rpcdn.ratopati.com/media/albums/civil-bank_kEcdZmYSKh.jpg)
सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ ।
गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो ।
सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ २७.७६ अर्व वृद्धि गरेको छ । जुन असार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशतको वृद्धि हो । बैंकको निक्षेपको वृद्धि अन्य वाणिज्य बैंकहरुको तुलनामा वृद्धि रकममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा रहेको छ ।
त्यसैगरी, बैंकले कर्जा तर्फ यस आर्थिक वर्षमा रु.२७.६२ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको वृद्धि हो । बैंकको कर्जाको वृद्धि अन्य वाणिज्य बैंकहरुको वृद्धिको तुलनामा वृद्धि रकममा दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको छ ।
तेस्रो त्रैमासको अन्त सम्म बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६ प्रतिशतले वृद्धि हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४४२ थियो ।
सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म २.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.१३ प्रतिशतमा झरेको हो ।
बैंकले समीक्षा अवधिमा रु ५० करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा कुण्ठा पोख्ने होइन, तर्क र तथ्य दिनुपर्छ’
-
प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी हुँदै
-
सांसद उर्मिला माझीले संसदमा सोधिन्– सरकार कहाँ छ ?
-
ओलम्पिक कमिटी निर्वाचन प्रकृयामा सहभागी हुने संघहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय
-
अदालतले भन्यो– लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन
-
जब इजरायलका राष्ट्रपतिले राजदूत पण्डितलाई फोन गरे...