‘युरोप पठाईदिन्छु’ भन्दै ठग्ने पक्राउ
बिहीबार, ०९ वैशाख २०७८, ०९ : ११
![‘युरोप पठाईदिन्छु’ भन्दै ठग्ने पक्राउ](https://rpcdn.ratopati.com/media/albums/%E0%A4%AD%E0%A4%B0%E0%A4%A4-%E0%A4%AA%E0%A4%B0%E0%A4%B8%E0%A4%A6-%E0%A4%B0%E0%A4%88-1_D8uwBAUhnI.jpg)
काठमाडौं । ‘युरोप पठाइदिन्छु’ भनेर ठगी गर्ने चितवन राप्ती नगरपालिका–३ घर भएका भरतप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ३६ वर्षीय राईलाई काठमाडौँबाट पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१६ नयाँ बजार बस्ने राईले पोर्चुगल, लाटभिया र युक्रेन पठाइदिन्छु भनेर १९ लाख ४७ हजार ठगेको अपराध महाशाखाले जनाएको छ ।
सोह्रखुट्टेमा ग्रान्डी ग्लोव होलिडेज प्रालि नामक कन्सल्टेन्सी चलाउने राईले ठगेको भन्दै तेह्रथुम फेदाप गाउँपालिका घर भएका सागर लिम्बुसहित ६ जनाले प्रहरीमा उजुर गरेका छन् । भिजिट भिसामा युरोप पठाउने लोभ देखाएर उनले प्रतिव्यक्ति १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
बुधवार पक्राउ गरेर उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु
-
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
नेसपा (नयाँ शक्ति)मा को–को भए निर्विरोध निर्वाचित ?
-
अवकाशको मुखमा जिल्ला न्यायाधीशले हतार–हतार बलात्कारीलाई दिए उन्मुक्ति