शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ शक्ति निकट  राष्ट्रिय युवा अभियानमा चर्को विवाद

बिहीबार, २६ असोज २०७४, २३ : ०८
बिहीबार, २६ असोज २०७४


काठमाडौं— बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निकट राष्ट्रिय युवा अभियानको नयाँ नेतृत्व चयनका क्रममा   विवाद भएको छ ।    अभियानका संयोजक कमल शाहीलगायतले एकपक्षीय रुपमा राजधानीमा भएको भेलाबाट नयाँ नेतृत्व चयन गरेको आरोप  अभियानकै एक समूहले  लगएका छन्  

चाबहिलको एसआर पार्टी प्यालेसमा बुधबार र बिहिबार गरी दुई दिनसम्म चलेको भेलाबाट  संयोजक कमल शाही, युवा अभियान्ताहरु महेन्द्र श्रेष्ठ, डेकेन्द्र श्रेष्ठ, टेकेन्द्र जोशीलगायतले एकपक्षीय रुपमा सन्देश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको असन्तुष्टहरुले  आरोप लगाएका हुन् । 

असन्तुष्टि जनाउनेहरुमा युवा अभियन्ताहरु कृष्ण घिमिरे, सौगात पोखरेल, निरज प्रधान ,सुनील लामा, नविन लामा लगायतको टीमले रहेका छन् । 
 संगठनमा रहेका  धेरैलाई  बाइपास गरेर मनोमानी रुपमा नयाँ नेतृत्व चयन गरिएकाले  आफूहरु चुप लागेर बस्ने पक्षमा नरहेको असन्तुष्ट एक युवा अभियन्ताले बताए । 
संगठनमा   सक्षम भन्दा पनि आफ्नाहरुलाई स्पेस दिने काम  नेतृत्वबाट भएकाले आफूहरु  विरोधमा उत्रिनु भएको ती  युवा अभियन्ताको भनाई छ । 

नेतृत्वको मनोमानीविरुद्ध  असन्तुष्ट सौगात पोखरेलले त  अब युवा आन्दोलतमा नरहेको  बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अहिलेसम्म साथ दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै अब अभियानबाट विदा लिएको जनाएका छन् । 

असन्तुष्टहरुले   सन्देश कार्कीलाई अध्यक्षको रुपमा स्वीकारे पनि जीएस  गुरुङलाई वरिष्ठ उपाध्यक्षको रुपमा अघि सारेका थिए  । यस्तै महासचिवमा सौगात पोखरेल,  
उपाध्यक्षमा भैरव श्रेष्ठ, सुरेन्द्र कठायत, कृष्ण घिमिरे तथा सचिवमा बाबुराम न्यौपाने,  सुनिल लामालगायतलाई अघि सारेका थिए । तर, यसो नभई आफूखुसी जिम्मेवारी दिइएकाले विरोध जनाइनु परेको असन्तुष्टहरुले जनाएका छन् । 

उपाध्यक्षका दाबेदार कृष्ण घिमिरेलगायत कसैको मनपरी शैह्य हुन नसक्ने भन्दै बिहिबार बन्दसत्र चल्दै गर्दा हलबाटै बाहिर  निस्केपछि आधा घण्टासम्म भेला नै स्थगित हुन पुगेको समेत बताईको छ । 

त्यसपछि   शाहीलगायत केहि लचक रुपमा प्रस्तुत भएर बन्दसत्रमा फर्काएपनि सबैलाई मिलाएर अघि बढ्न भने  असफल  बनेको  युवा अभियान सम्बद्ध स्रोत बताउँछ । 

कार्कीको नेतृत्वमा  गठन  भएको नयाँ कमिटीको महासचिव भैरव श्रेष्ठलाई बनाइएको छ भने कोषाध्यक्षमा अम्बिका श्रेष्ठ घिमिरे , सचिवमा निरज प्रधान तथा उपाध्यक्षमा दानबहादुर शाहीलगायत रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप