शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुक यात्रा गर्ने भारतीयले एनओसी लिन नपर्ने

बिहीबार, ०९ वैशाख २०७८, ०८ : २०
बिहीबार, ०९ वैशाख २०७८

नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुकतर्फ यात्रा गर्ने सबै भारतीयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने अनिवार्य प्रावधान दुई महिनाका लागि खुकुलो बनाइएको छ । 

नेपालस्थित भारतीय दूतावासको आग्रहमा परराष्ट्र र गृह मन्त्रालयले नेपालको बाटो प्रयोग गरेर तेस्रो मुलुक जाने भारतीयलाई एनओसी लिन नपर्ने व्यवस्था मिलाएका हुन् । 

यसअघि एनओसी नलिएका भारतीयले तेस्रो मुलुक जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पाउँदैन थिए । 

काठमाडौँस्थित भारतीय दूतावासमा एनओसी लिने भारतीयको घुइँचो बढेपछि दूतावासले छोटो समयका लागि नयाँ व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको थियो । 

नयाँ निर्णयअनुसार वैशाख ९ देखि असार ५ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जाने भारतीयलाई एनओसी आवश्यक पर्दैन । 

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप