नयाँ शक्ति निकट राष्ट्रिय युवा अभियानमा चर्को विवाद
काठमाडौं— बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निकट राष्ट्रिय युवा अभियानको नयाँ नेतृत्व चयनका क्रममा विवाद भएको छ । अभियानका संयोजक कमल शाहीलगायतले एकपक्षीय रुपमा राजधानीमा भएको भेलाबाट नयाँ नेतृत्व चयन गरेको आरोप अभियानकै एक समूहले लगएका छन्
चाबहिलको एसआर पार्टी प्यालेसमा बुधबार र बिहिबार गरी दुई दिनसम्म चलेको भेलाबाट संयोजक कमल शाही, युवा अभियान्ताहरु महेन्द्र श्रेष्ठ, डेकेन्द्र श्रेष्ठ, टेकेन्द्र जोशीलगायतले एकपक्षीय रुपमा सन्देश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको असन्तुष्टहरुले आरोप लगाएका हुन् ।
असन्तुष्टि जनाउनेहरुमा युवा अभियन्ताहरु कृष्ण घिमिरे, सौगात पोखरेल, निरज प्रधान ,सुनील लामा, नविन लामा लगायतको टीमले रहेका छन् ।
संगठनमा रहेका धेरैलाई बाइपास गरेर मनोमानी रुपमा नयाँ नेतृत्व चयन गरिएकाले आफूहरु चुप लागेर बस्ने पक्षमा नरहेको असन्तुष्ट एक युवा अभियन्ताले बताए ।
संगठनमा सक्षम भन्दा पनि आफ्नाहरुलाई स्पेस दिने काम नेतृत्वबाट भएकाले आफूहरु विरोधमा उत्रिनु भएको ती युवा अभियन्ताको भनाई छ ।
नेतृत्वको मनोमानीविरुद्ध असन्तुष्ट सौगात पोखरेलले त अब युवा आन्दोलतमा नरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अहिलेसम्म साथ दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै अब अभियानबाट विदा लिएको जनाएका छन् ।
असन्तुष्टहरुले सन्देश कार्कीलाई अध्यक्षको रुपमा स्वीकारे पनि जीएस गुरुङलाई वरिष्ठ उपाध्यक्षको रुपमा अघि सारेका थिए । यस्तै महासचिवमा सौगात पोखरेल,
उपाध्यक्षमा भैरव श्रेष्ठ, सुरेन्द्र कठायत, कृष्ण घिमिरे तथा सचिवमा बाबुराम न्यौपाने, सुनिल लामालगायतलाई अघि सारेका थिए । तर, यसो नभई आफूखुसी जिम्मेवारी दिइएकाले विरोध जनाइनु परेको असन्तुष्टहरुले जनाएका छन् ।
उपाध्यक्षका दाबेदार कृष्ण घिमिरेलगायत कसैको मनपरी शैह्य हुन नसक्ने भन्दै बिहिबार बन्दसत्र चल्दै गर्दा हलबाटै बाहिर निस्केपछि आधा घण्टासम्म भेला नै स्थगित हुन पुगेको समेत बताईको छ ।
त्यसपछि शाहीलगायत केहि लचक रुपमा प्रस्तुत भएर बन्दसत्रमा फर्काएपनि सबैलाई मिलाएर अघि बढ्न भने असफल बनेको युवा अभियान सम्बद्ध स्रोत बताउँछ ।
कार्कीको नेतृत्वमा गठन भएको नयाँ कमिटीको महासचिव भैरव श्रेष्ठलाई बनाइएको छ भने कोषाध्यक्षमा अम्बिका श्रेष्ठ घिमिरे , सचिवमा निरज प्रधान तथा उपाध्यक्षमा दानबहादुर शाहीलगायत रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोर्टिङ चाइना’
-
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन
-
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-
पोखरामा जीप दुर्घटना, ८ जना चिनियाँ पर्यटक घाइते
-
आर्थिक शक्ति बन्न सक्ला भारत ? तथ्याङ्कले के भन्छ ?
-
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ