बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

डेनमार्कमा नेकाको गठन

बिहीबार, २६ असोज २०७४, २१ : २८
बिहीबार, २६ असोज २०७४

   कोपेनहेगन– यूरोपमा छरिएर रहेका बिभिन्न बर्गका नेपालीलाइ लक्षित गरी नेप्लिज यूरोपियन को– अपरेटिभ एसोसिएसन गठन गरिएको छ । 
 एसोसिएसनको अध्यक्षमा सन्तोष अधिकारी, उपाध्यक्षमा सुकृृृृती पन्त, महासचिबमा नबिन तिम्सीना र  कोषाध्यक्षमा दिनेश शर्मालाई चयन गरिएको छ । त्यस्तै संंस्थाका सदस्यहरुमा बिमल पन्थी, बिनिता खरेल, दिपा शर्मा र  दिलिप जि सी  रहेका छन  ।  

 संस्थाको आगमी बैठकले एक सदस्य थप गर्ने महासचिब तिम्सिनाले जानकारी  दिए । संस्थाले निकट भबिश्यमा नै बिभिन्न उदेश्यका साथ डेनमार्क आएका नेपाली र नेपाली आबद्ध संस्थासंग समन्वय गरी नेपालको पर्यटकिय स्थलको पं्रबद्र्धनात्मक गतिबिधि गर्ने तयारी गरेको छ  ।

डेनमार्कमा अध्ययनका लागि आएका बिद्यार्थीको समस्या पहिचानसंगै त्यसको समाधानका लागि पहल गर्ने समेत एसोसिएसनको उदेश्य रहेको छ । अध्ययनका लागि आएका बिद्यार्थीले सुरुवाती चरणमा झेल्नुपर्ने समस्यालाई मध्य नजर गरी सहजकर्ताको भ्मिका समेत निर्बाह गर्ने संस्थाका अध्यक्ष अधिकारीले बताएका छन ।

बिश्द्ध नेपालीको हितमा रहेर काम गर्ने योजना बनाएको संस्थाले निकट भबिश्यमा नै डेनमार्कसंगै यूरोपका अन्य देशमा समेत आफना गतिबिधी बिस्तार गर्ने  योजना बनाएको छ । साथै अनलाइन टेलिभिजन र न्युज पोर्टल समेत सञ्चालनमा ल्याउने तयारी भइरहेका महासचिब तिम्सिनाले बताएका छन ।  जसको माध्यमबाट नेपालको गतिबिधीलाई यूरोप  र युरोपमा रहेका नेपालीका गतिबिधीलाई उजागर गर्ने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप