बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक म्याचमा चेन्नईसँग कोलकाता पराजित

बुधबार, ०८ वैशाख २०७८, २३ : ५३
बुधबार, ०८ वैशाख २०७८

मुम्बई । आइपिएल अन्तर्गत बुधबार चेन्नई सुपर किङ्ग्ससँग कोलकाता नाइट राइडर्स १८ रनले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको कोलकाताले २० औं ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै २०२ रन बनाएको हो ।

कोलकाताका लागि सुरुवात राम्रो रहेन । ३१ रनमै कोलकाताको आधा टीम पवेलियन फर्किएको थियो । तर दिनेश कार्तिक र आन्द्रे रसेलले कोलकातालाई खेलमा जीवितै राखेका थिए । रसेलले २१ बलमै अर्धशतक पूरा गरेका थिए । उनले तीन चौका र ६ छक्काको मद्दतले ५४ रन बनाए । यस्तै कार्तिकले ४० रन बनाए ।

यस अतिरिक्त पाट कमिन्सले शानदार पारी खेल्दै ६६ रन बनाए । उनले अन्तिमसम्म नै जितको सम्भावनालाई जीवित राखे पनि पुछारका ब्याट्सम्यानले साथ नदिएपछि कोलकाता पराजित हुन पुगेको हो । पुछारका चार ब्याट्सम्यानले रनको खाता नै खोल्न सकेनन् ।

यसअघि टस जितेको कोलकाताले पहिला फिल्डिङ रोजेपछि ब्याटिङका लागि मैदानमा उत्रिएको चेन्नईले प्रारम्भिक ब्याट्सम्यानद्वय ऋतुराज गायकवाड र फाफ डुप्लेसिसको शतकीय साझेदारीको मद्दतमा २२० रनको योगफल तयार पारेको थियो ।

कोलकाताविरुद्धको जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप