बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा अर्को चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति

बुधबार, ०८ वैशाख २०७८, २३ : २२
बुधबार, ०८ वैशाख २०७८

एजेन्सी । ब्राजिलले दोस्रो चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य अनुगमन ब्यूरोले बुधबार दिएको जानकारी अनुसार गत १६ तारिख चीन क्लोभर बायोफार्मास्यूटिकल्सद्वारा अनुसन्धान गरिएको कोभिड–१९ विरूद्धको खोपलाई ब्राजिलमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ ।

यो ब्राजिलमा क्लिनिकल परीक्षण गर्न अनुमति प्राप्त गरेको दोस्रो किसिमको चिनियाँ कोभिड खोप हो । गत वर्षको जुलाई महिनामा चीनको सिनोभ्याक्सद्वारा अनुसन्धान गरिएको कोभिडविरूद्धको खोप ब्राजिलमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप