शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कालिमाटी वृत्तबाट हत्कडीसहित भागेका आरोपी ७ महिनापछि पक्राउ

बुधबार, ०८ वैशाख २०७८, २२ : ४०
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट हत्कडीसहित भागेका आरोपीलाई प्रहरीले ७ महिनापछि पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले भारतको बिहार घर भएका १७ वर्षीय अन्निकुमार शाह उर्फ सुजितलाई बुधवार पक्राउ गरेको हो ।  अन्निकुमारलाई कालिमाटीस्थित परोपकार नजिकबाट पक्राउ गरिएको महाशाखाका एसपी कृष्णप्रसाद पंगेनीले रातोपाटीलाई जानकारी दिए ।

०७७ असोजमा २ मा चोरी आरोपमा पक्राउ गरिएका चार जना आरोपी कालिमाटी वृत्तबाट प्रहरीको घेरा तोडेर भागेका थिए । अन्निकुमार शाह कालिमाटी स्थित सुकुम्बासी टोलमा बस्थे । त्यतिबेला भागेका अरु ३ जना अझै फरार छन् ।  पक्राउ गरिएका आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी महानगरीय प्रहरी वृत कालिमाटीमा पठाइएको महाशाखाले जनाएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप