शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली नोटसहित तीन जना पक्राउ

बुधबार, ०८ वैशाख २०७८, २२ : १६
बुधबार, ०८ वैशाख २०७८

सुनसरी । सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली (जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए । पक्राउ परेकाको साथबाट प्रहरीले नेपाली नक्कली नोट रु एक हजार दरका ४१५ थान बरामद गरेको कार्कीले जानकारी दिए ।

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप