बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखरा रंगशालामा खेलकुद गतिविधिमा रोक

बुधबार, ०८ वैशाख २०७८, २२ : ०२
बुधबार, ०८ वैशाख २०७८

पोखरा । कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएपछि पोखरा क्षेत्रका खेल गतिविधिमा रोक लगाइएको छ ।
संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यलय कास्कीले सम्पूर्ण खेल गतिविधिमा बन्देज लगाएपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिती र कास्की जिल्ला खेलकूद विकास समितीले सूचना प्रकाशित गर्दै वैशाख मसान्त सम्म रंगशालामा खेलकूद गतिविधिमा रोक लगाएका छन ।

राष्ट्रिय खेलकूद परिषदको निर्णय अनुसार रंगशालामा भइरहेका खेलकूद र दैनिक सञ्चालन भइरहेका खेलकूद प्रशिक्षणमा रोक लगाइएको क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले बताए ।
उनले वैशाख ९ गते देखि बैशाख मसान्त सम्म कुनै पनि खेलकूद गतिविधि, सभा तथा प्रशिक्षण हरु सञ्चालन नहुने बताए । यदि अटेर गरी कुनै कार्यक्रम गरेमा त्यसको जिम्मेवार स्वयं हुनुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।
समितीले ओलम्पिकको वन्द प्रशिक्षणमा रहेका खेलाडी र कर्मचारीहरुले स्वास्थ्य मापदण्ड अपनाई कार्य गर्नु जनाएको छ ।
गत बर्ष कोभिड १९ कै कारण पोखरा रंगशालामा करिव २ महिनासम्म कुनै पनि खेल गतिविधिहरु सञ्चलन भएका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप