शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

बिहीबार, २६ असोज २०७४, २० : ३३
बिहीबार, २६ असोज २०७४

दार्चुला – दार्चुलामा विद्यालयमै बहिनि नातापर्ने छात्रालाई दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।


जिल्लाको नौगाढ गाउँपालिका १ मा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा कार्यरत शिक्षक मोहनलाल ठगुन्नाले बहिनी नाता पर्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी प्रहरीमा उजुरी परेपछि पक्राउ गरेका हुन ।असोज २२ गते शिक्षक ठगुन्नाले छात्रालाई दुव्र्यवहार गरेको भनी उनका दाईले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शिक्षकलाइ प्रक्राउ गरेको हो ।

 

विद्यालयको शौचालय सफा गर्न भन्दै शौचालयमा लगेर ५ सय नगद दिने र तिहारमा लुगा किनिदिने प्रलोभन देखाई  कक्षा ५ अध्ययनरत एक छात्रालाई ठगुन्नाले दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।


शिक्षक ठगुन्नालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी चौकी दल्लेखले जनाएकोे छ ।
साथै विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षक ठगुन्नालाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप