शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाबाट पेस्तोलसहित एकजना पक्राउ

बुधबार, ०८ वैशाख २०७८, २१ : १८
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । सिरहाको सखुवानानकारकट्टी गाउँपालिका–३ स्थित परियारपुरबाट प्रहरीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशवारी र लहानबाट खटिएको टोलीले परियारपुर घर भएका ५५ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो ।

उनको घर खानतलासी गर्दा १ थान कटुवा पेस्तोल र एक राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यादवलाई हातहतियार खरखजाना मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप