छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
दार्चुला – दार्चुलामा विद्यालयमै बहिनि नातापर्ने छात्रालाई दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।
जिल्लाको नौगाढ गाउँपालिका १ मा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा कार्यरत शिक्षक मोहनलाल ठगुन्नाले बहिनी नाता पर्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी प्रहरीमा उजुरी परेपछि पक्राउ गरेका हुन ।असोज २२ गते शिक्षक ठगुन्नाले छात्रालाई दुव्र्यवहार गरेको भनी उनका दाईले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शिक्षकलाइ प्रक्राउ गरेको हो ।
विद्यालयको शौचालय सफा गर्न भन्दै शौचालयमा लगेर ५ सय नगद दिने र तिहारमा लुगा किनिदिने प्रलोभन देखाई कक्षा ५ अध्ययनरत एक छात्रालाई ठगुन्नाले दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
शिक्षक ठगुन्नालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी चौकी दल्लेखले जनाएकोे छ ।
साथै विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षक ठगुन्नालाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत् सहुलियत धान्न सम्भव छैन : कुलमान घिसिङ
-
न्यायाधीश मल्लको प्रश्न– टीआरसीले हेर्ने कि अदालतले ?
-
सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार