शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा : ६५ जिल्लाबाट २ सय उम्मेदवारको सिफारिस

बिहीबार, २६ असोज २०७४, २० : १८
बिहीबार, २६ असोज २०७४

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका ६५ जिल्लाबाट आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका करिब २ सय उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । 

पार्टीका जिल्ला संगठनले पठाएका उम्मेदवारको छनोट चाँडो संसदीय समितिको बैठक बसेर गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।  सिफारिस आउने क्रम जारी रहेको भए पनि शनिबार साँझसम्म उम्मेदवार चयन गरिने छ । 

पछिल्लो पटक वामपन्थी शक्तिबीच धु्रवीकरण भएपछि पार्टीले लोकतान्त्रिक गठबन्धनसँग एकता गरी निर्वाचनमा जाने निर्णय गरेको छ । 

समानुपातिकमा भने पार्टी संगठन सुदृढीकरणमा योगदान गर्नाका साथै सम्बन्धित क्षेत्रमा लोकप्रिय भई जनताको सेवालाई केन्द्रमा राखी विश्वास आर्जन गरेका योग्य उम्मेदवारलाई छनोट गरिने पार्टीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप