शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनको सीप र क्षमतालाई पर्यटन क्षेत्रमा लगाउनुपर्ने

सञ्चार राज्यमन्त्री विष्ट भन्छन् – एनआरएनको सीप र क्षमतालाई पर्यटन क्षेत्रमा लगाउनुपर्ने
बिहीबार, २६ असोज २०७४, २० : १३
बिहीबार, २६ असोज २०७४

काठमाडौँ – सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले गैरआवासीय नेपाली (एनआरएन) सँग भएको सीप र क्षमतालाई नेपालको पर्यटन क्षेत्रमा लगाउनुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित एक अन्र्तक्रृया कार्यक्रममा राज्यमन्त्री विष्टले विश्वको जुनसुकै कुनामा रहे पनि हरेक नेपालीले नेपालका बारेमा चासो र चिन्ता लिनुपर्नेमा जोड दिए ।  नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले कार्यथलो जुनसुकै स्थानमा भए पनि एनआरएनले नेपाल र नेपालीलाई सधैँ माया गर्नुपर्ने बताए । 


कार्यक्रममा बेष्ट एनआरएन अवार्ड बेल्जियममा लामो समयदेखि बस्ने रजनी प्रधान तथा मिडिया अवार्ड विदेशमा बसेर लेख रचनामार्फत सहयोग गरेबापत बेलायतमा बस्ने कुल आचार्यलाई प्रदान गरियो । 

त्यस्तै सामाजिक सेवा सम्मान जर्मनीमा बस्ने नारायण अधिकारी र बेल्जियममा बस्ने चिजकुमार श्रेष्ठलाई दिइयो । नेपाल मिडिया अवार्ड लोकप्रसाद दाहाललाई तथा बेस्ट युरोपियन एनआरएन एनसिसी अवार्ड लक्जम्बर्गमा बस्ने नारायण गुरुङलाई दिइयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप