भयावह बन्दै कोरोना : एक हप्तामा ४६ प्रतिशतले बढ्यो संक्रमण दर

काठमाडौँ । पछिल्लो एक हप्तामा नेपालमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रुपमा बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मात्र सात दिनको अन्तरमा नेपालमा संक्रमण दर ४५.६१ प्रतिशतले बढेको छ ।
गत वैशाख २ गते नेपालमा पीसीआर परीक्षण गर्दा संक्रमण दर १३.६५ रहेको थियो । बुधबार यो बढेर २५.१० प्रतिशत पुगेको छ । अर्थात् हरेक १ सय जनामा पीसीआर परीक्षण गर्दा २५ जना बढीमा संक्रमण पुष्टि भइरहेको छ ।
नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट सक्रिय बनेसँगै संक्रमण दर बढेको जनस्वास्थ्यविद्को भनाइ छ । भाइरसको नयाँ भेटिएन्ट पहिलेभन्दा संक्रामक र घातक रहेको अनुसन्धानले देखाएको छ ।
एक हप्तामा ४३ हजार ९८९ जनामा पीसीआर परीक्षण गर्दा ८ हजार २२३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, एन्टिजेन विधिबाट ४ हजार ५८८ जनामा परीक्षण गर्दा ५१८ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमण दर १६.३१ प्रतिशत रहेको पाइएको छ ।
एक हप्ताको अवधिमा कोभिड–१९ को संक्रमणबाट ५१ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले बताएको छ ।
हरेक ४ दिनमा कोरोना संक्रमणदर दोब्बर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमणदर दोब्बर बन्दै गएको बताए । यसले नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत देखिएको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन आह्वान गरे ।
‘संक्रमणको दर अत्यधिक बढेको छ, आज मात्रै २ हजार ३५१ जना नयाँ संक्रमितहरु थपिनु भएको छ । हरेक ४ दिनमा संक्रमण डबल भइरहेको छ’, प्रवक्ता गौतमले भने, ‘हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भएको छ । अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन, सभा, सम्मेलन, मिटिङ, जात्रा नगर्न र नागरिकको जीवन रक्षा गर्न सघाउन म विशेष अनुरोध गर्न चाहन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग