एनआरएनको सीप र क्षमतालाई पर्यटन क्षेत्रमा लगाउनुपर्ने
काठमाडौँ – सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले गैरआवासीय नेपाली (एनआरएन) सँग भएको सीप र क्षमतालाई नेपालको पर्यटन क्षेत्रमा लगाउनुपर्ने बताएका छन् ।
राजधानीमा आयोजित एक अन्र्तक्रृया कार्यक्रममा राज्यमन्त्री विष्टले विश्वको जुनसुकै कुनामा रहे पनि हरेक नेपालीले नेपालका बारेमा चासो र चिन्ता लिनुपर्नेमा जोड दिए । नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले कार्यथलो जुनसुकै स्थानमा भए पनि एनआरएनले नेपाल र नेपालीलाई सधैँ माया गर्नुपर्ने बताए ।
कार्यक्रममा बेष्ट एनआरएन अवार्ड बेल्जियममा लामो समयदेखि बस्ने रजनी प्रधान तथा मिडिया अवार्ड विदेशमा बसेर लेख रचनामार्फत सहयोग गरेबापत बेलायतमा बस्ने कुल आचार्यलाई प्रदान गरियो ।
त्यस्तै सामाजिक सेवा सम्मान जर्मनीमा बस्ने नारायण अधिकारी र बेल्जियममा बस्ने चिजकुमार श्रेष्ठलाई दिइयो । नेपाल मिडिया अवार्ड लोकप्रसाद दाहाललाई तथा बेस्ट युरोपियन एनआरएन एनसिसी अवार्ड लक्जम्बर्गमा बस्ने नारायण गुरुङलाई दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा