शान्ति नेपाली समाज बेलायतको नयाँ कार्यसमिति

शान्ति नेपाली समाज बेलायतले नया कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्ष भोजराज भण्डारी, उपाध्यक्ष गोकर्ण हुमागाईं, उपाध्यक्ष कमला ढकाल, सचिब महेन्द्र काफ्ले, सह-सचिब पदम शाही, कोषाध्यक्ष दिनेश कंडेल सह- कोषाध्यक्ष रामेश्वर अर्याल र सदस्यहरु :निशान्त बद्रचार्य, छुमकला (माया) पाण्डे, राजु खत्री, शशांक शर्मा, राजु (ढलबहादुर) खत्री, बाबुराम भुसाल , डीयन खरेल, यादव बि क, प्रविन खरेल, बिनोद थापा, तेज भण्डारी, कृष्ण निर्विरोध चयन भएका छन् ।
सन् २०१८ मा लिला थापा अध्यक्षतामा सुरु भएको कार्यकाल यस वर्ष २०२१ अप्रिलमा सकिएको छ । हालसम्म संस्थामा ९७० सक्रिय सदस्य रहेका छन् ।
संस्थाले नेपालमा पनि विभिन्न सहयोग राहत, विद्यार्थीको पठनपाठन र अन्य सेवामुलक काम गर्दै आइरहेको छ। यस संस्थाको बाजा टिम, क्रिकेट टिम, भलिबल टिम र फुटबल टिम रहेको जानकारी निवर्तमान अध्यक्ष लिला थापा जानकारी दिए । त्यसैगरि यस समाजले नेपाली हरुको बेलायतमा छुट्टै पहिचान बोकेको भवन निर्माणको लागि कोस स्थापना पनि भएको जानकारी थापाले दिए ।
समाजको स्थापना सन् २०१२ मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवसको रौनक, २२ तस्बिरमा हेर्नुहोस्
-
हडताली हाट, जहाँबाट सुरु भयो राणा शासन विरुध्दको हडताल
-
मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो
-
फागुन ८ देखि भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
-
युद्धविराम भए बेलायती सेना युक्रेन जान तयार
-
सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?