शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महेश बाबुले ल्याए ‘अजम्मरी अक्षरहरु’

बुधबार, ०८ वैशाख २०७८, ११ : २९
बुधबार, ०८ वैशाख २०७८

काठमाडौँ । कवि तथा गीतकार महेश बाबु तिमल्सिना लिखित कविताहरूको संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा   मदन पुरस्कार विजेता कविद्धय गोपाल पराजुली र दिनेश अधिकारीले एकसाथ सार्वजनिक गरेका थिए ।
नवराज लम्साल, महेश पौड्याल, प्राध्यापक लक्ष्मण गौतम लगायतको समेत उपस्थिती रहेको कार्यक्रममा संग्रह भित्रका कविता वाचन गर्नुका साथै कवितामाथि बनाइएको भिडियो समेत देखाइएको थियो । 
सोही अवसरमा लेखक महेश बाबुको रचना रहेको रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको भिडियो प्रदर्शन गरियो । निकेश खड्का निर्देशित भिडियोमा अजर जंगमको संगीत रहेको थियो । पुस्तकको सार्वजनिकीकरण पछि बोल्दै वक्ताहरुले कविता संग्रहमा विश्व बोध, युगबोध र समाजबोधका बाछिटा महसुस गर्न सकिने धारणा राखेका थिए ।

कार्यक्रम प्रस्तोता तथा कवि नवराज लम्सालले भने सर्जकको पहिचान पृथकता हुने धारणा राख्दै कविको रुपमा महेश बाबुका कवितामा बेग्लै शिल्प र शैली देख्न सकिने धारणा राखेका थिए ।
कवि महेश बाबु तिमल्सिनाले भने आफूले सरल भाषामा मनका भाव व्यक्त गर्ने प्रयास गरेको बताउँदै ती भाव कविता हुन् कि होइनन् भनेर निर्क्योल गर्ने काम पाठकको जिम्मामा छाडेको बताएका थिए । 

कार्यक्रममा बाबु त्रिपाठी, तुलसी आचार्य, भोजराज न्यौपाने, ज्योतिजंगलले संग्रह भित्रका कविता वाचन गरेर सुनाएका थिए । नेपालीमा लेखिएका कवितालाई मुक्तिनाथ घिमिरेले अनुवाद गरेका हुन् । दुई खण्डमा संग्रहित कविता संग्रहलाई कंगारु क्रिएसन्सले बाहिर ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप