शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

बिहीबार, २६ असोज २०७४, १८ : २०
बिहीबार, २६ असोज २०७४

काठमाडौं – अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता पनि छैन उता पनि छैन’बोलको गीतमा कम्बर मर्काएका हुन् ।


बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बिच गीत सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको लोक लयमा आधारित गीतमा निखिलको अलवा अभिनेत्री सारा सिर्पालीले पनि कम्बर मर्काएकी छन् । गीतमा राजनराजले अन्जु पन्तको साथमा स्वर भरेका छन् ।
४ माघमा प्रदर्शनमा आउँने यो चलचित्र हिमाल केसीले निर्देशन गरेका हुन् ।  हिमाल चलचित्रका सपल द्धन्द्ध निर्देशक हुन् । उनले निर्देशनमा डेब्यु गरेको चलचित्र बक्स अफिसमा फ्लप भएको थियो ।


प्रेकमथा र एक्सन एकसाथ प्रस्तुत गरिएको बताइएको चलचित्रमा निखिल र साराको कमेन्ट्री राम्रो भएको दाबी निर्माण युनिटले गरेको छ । निखिल र सारा यस अगाडि ‘रुद्र’ नाम चलचित्रमा देखिएका थिए । चलचित्र बक्सअफिसमा असफल साबित भयो ।


करिब १६ बर्ष अगाडि ‘पिंजडा’बाट अभिनयमा डेब्यु गरेका निखिलको त्यही चलचित्रको नाम सापटी लिएर सिक्वेलको रुपमा यो ‘पिजडा ब्यकअगेन’ नर्माण गरिएको हो । ‘पिजडा’ त्यतिबेला हिट भएकोले यो चलचित्र पनि दर्शकले मन पराउने अपेक्षा निखिलको रहेको छ ।
मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्र रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षत्रीले मिलेर बनाएका हुन् । 


– कार्यक्रममा चलचित्रका संगीतकार राजनराज सिवाकोटीले टिपिकल्ली मौलिक गीत बनाउने परिपाटी आफुले यो चलचित्रको गीतमा पनि कायम राखेको बताए ।
– अभिनेता निखिले चलचित्र राम्रो बनेको दाबी गर्दै गीतमा मुस्किलले आफुले कम्बर मर्काएको बताए ।


–अभिनेत्री साराले चलचित्र अभिनय अनुभव सुनाउँदै चलचित्रमा आफुले राम्रो काम गरेको दाबी गरिन् । उनले निखिलसँग दोस्रो पटक काम गर्न पाउँदा खुशी रहेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप