रौतहटमा मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गरिने

रौतहट । कोरोना महामारीको प्रभावको बढदै गएपछि स्थानिय प्रशासनले जिल्लामा कडाइ गरेको छ । संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको हो । रौतहटमा गत एक हप्तायता कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।
वैशाख १ देखि ६ गतेसम्म भएको ४७ नमूना परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रमुख डा.कृष्ण साहले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई जरिवाना गराउने निर्णय समेत गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टिन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन ।
घरमै रहेका संक्रमितहरु किनमेलका लागि बजार जाने तथा घरबाहिर निस्कने गुनासो बढेपछि त्यस्ता संक्रमितहरुलाई फोन मार्फत सचेत गराइएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहले बताए । संक्रमितहरु घरबाहिर देखिए उनीहरुलाई नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा लगेर राखिने उनले बताए । उता, भारतीय सिमा क्षेत्रमा हेल्प डेस्क सञ्चालन गरिएको र गौर नगरपालिकाले समेत तयारी थालेको गौर नगरप्रमुख अजय गुप्ताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बिगुल’ बन्ने, हिरोमा छानिए नरेन
-
जब श्रीमानको अस्तु बोकेर पोखरा आइन् लोरेटा...
-
विद्युत् प्राधिकरण अगाडि कुलमान समर्थक र प्रहरीबिच घम्साघम्सी, तस्बिरहरू
-
मुख्यमन्त्री सिंहको निर्देशन अटेरी गर्ने साह पक्राउ
-
नामसँग खराब कीर्तिमान जोडियो तर, आउट थिएनन् ग्लेन म्याक्सवेल !
-
रिंकु सदा मृत्यु प्रकरण : एक अभियुक्तलाई कारागार पठाउने अदालतको आदेश