कतारी रियाल चलनचल्तीबाट हटाउँदै कतार सेन्ट्रल बैंक, बैशाख २७ भित्र नोट सटही गरिसक्न राष्ट्र बैंकको अपिल
मङ्गलबार, ०७ वैशाख २०७८, १२ : ५८
काठमाडौं । कतारको केन्द्रीय बैंकले निष्काशन गरेको चौथो संस्करणका चलनचल्तीका कतारी रियाल हटाउने भएको छ ।
हालै मात्र कतारी केन्द्रीय बैंकले यस्तो निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले जति सक्दो चाँढो आफुसँग भएको रियाल सटही गरिसक्न आम नेपालीहरुमा सार्वजनिक अपिल गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले कतारी रियाल भएका नेपालीले आगामी बैशाख २७ गते भित्र सटही गरिसक्न आग्रह गरेको हो ।
नोट सटहीका लागि बैंकले सम्बन्धित बैंकको बैकिङ्ग विभाग, बैकिङ्ग कारोबार गर्ने प्रदेश स्थित कार्यालयहरु तथा विदेशी विनिमयको कारोबार गर्ने इजाजत प्राप्त संस्थाहरूबाट सटही गर्न सकिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा ‘सुरक्षित यात्राका लागि स्मरण अभियान’
-
भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला
-
राष्ट्रिय परिचयपत्र वितरणको कामलाई गति दिनुपर्छ : सांसद थानी
-
दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय
-
संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सत्तापक्ष र विपक्षी चार दलका प्रमुख सचेतक एकमत
-
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल सजाय