शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावी तालमेल काँग्रेसको उदारतामा निर्भर छ : यादव

बिहीबार, २६ असोज २०७४, १७ : ४२
बिहीबार, २६ असोज २०७४

काठमाडौं–सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसको उदारताका आधारमा चुनावी गठबन्धन हुने वा नहुने स्पष्ट पारेका छन् । काठमाडौमा समाजवादी फोरम र नेपाल कम्यूनिष्ट पार्टी संयूक्त माक्र्सवादवीच भएको पार्टी एकीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । 
वाम गठबन्धन बन्ने लागेपछि काँग्रेस आफुहरुसँग चुनावी तालमेलमा सामेल हुन आग्रह गरेको बताउँदै अध्यक्ष यादवले भने,‘हामीलाई काँग्रेसले चुनावी गठबन्धनमा सामेल हुनको लागि आग्रह गरेको छ, हामीले त्यसलाई सहर्स स्विकार गरेका छौ, तथापि काँग्रेसले सबैलाई मिलाएर लैजाने हो भने हामी तालमेल गर्न तयार छौँ, त्यो जिम्मा काँग्रेसकै भागमा छ, खासमा भन्ने हो भने अब बल कांग्रेसको कोर्टमा छ ।’
उनले अघि थपे,‘काँग्रेसको उदारता र मिलाएर लैजाने क्षमतामा भरपर्छ, सरकारमा जाने नजाने कुनैपनि निर्णय भएको छैन, हामीले राजपासँग चुनावी तालमेल गर्ने निर्णय गरेका छौँ, काँग्रेसले राखेको प्रस्तावमाथि गृहकार्य भैरहेको छ ।’
अध्यक्ष यादवले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको बीचको वैकल्पिक राजीनितक शक्तिको रुपमा विकास गरेर समाजवादी फोरमलाई उत्पीडित,मधेशी,जनजाति, थारुको उत्थान र समान न्याय, समान अधिकार, राष्ट्रिय पहिचान, समृद्धि र स्वाभिमानको महशुस गराउनतर्फ लाग्ने जानकारी दिए । 
नेपाल कम्यूनिष्ट पार्टी संयूक्त माक्र्सवादीका महासचिव प्रकाश अधिकारीले वाम गठबन्धनलाई हाम गठबन्धनको संज्ञा दिएका छन् । आफ्नो पार्टी लोकतान्त्रिक क्रान्त्रिको गर्भबाट जन्मेको भन्दै महासचिव अधिकारीले बाँकी आन्दोलन र अधिकारको लडाई फोरमका अध्यक्षसँग मिलेर सफल पार्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप